नियम २५
प्रत्यर्थी झिकाउने
(१) न्यायाधिकरणले गरेको निर्णय वा नियन्त्रक वा प्रमाणीकरण गर्ने
निकायले गरेको निर्णय वा आदेशमा तात्विक फरक पर्न सक्ने अवस्था भएमा सोको
कारण खुलाई पन्ध्र दिनको म्याद दिई पुनरावेदन न्यायाधिकरणले अनुसूची–२ बमोजिमको
ढाँचामा प्रत्यर्थी झिकाउने आदेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको आदेश नियम ९ बमोजिमको रीत
पु¥याई तामेल गरिनेछ ।